Tue. Apr 23rd, 2024

विश्व सम्पदा सूचीमा सूचीकृत चीनको हजार बुद्धका गुफाहरू

विश्वसम्पदा सूचीमा सूचीकृत हजार बुद्धका गुफाहरू चीनको कान्सु प्रान्तस्थित तुन ह्वाङ शहरमा रहेका छन् ।  यस शहरको जनसंख्या १ लाख ९१ हजार ८ सय रहेको छ । छैटौं शताब्दीदेखि तेह्रौं शताब्दीसम्म तुन ह्वाङ शहर व्यापार व्यवसाय गर्नको लागि बनाइएको व्यापारिक मार्ग सिल्क रोडको मुख्य केन्द्र थियो ।

हजार बुद्धका गुफाहरू

तुन ह्वाङमा पहिलो शताब्दीमा पुराना बौद्ध भिक्षुहरू पश्चिमबाट आएका थिए र उनीहरूले उक्त शहरमा एउटा ठूलो बौद्ध समुदायको विकास गरे । बौद्ध समुदायको विकाससंगै भिक्षुहरूले विभिन्न गुफाहरू निर्माण गरेका थिए । उक्त गुफाहरू ध्यान, प्रार्थाना र योग गर्नको लागि प्रयोग गरिन्थ्यो । त्यस्तो ध्यान, पूजाआजा र प्रार्थाना गर्ने तीर्थस्थललाई मोकाओ गुफाहरू वा “हजार बुद्धका गुफाहरू” भनिन्छ । धार्मिक विशेषता बोकेका मोकाओ गुफाहरू बौद्ध कला, भित्रे चित्रहरू र १००० वर्ष पुरानो पाण्डुलिपिहरूको उत्कृष्ट उदाहरणहरू हुन् । ती पाण्डुलिपिहरूमा युआन राजवंशको क्रिश्चियन बाइबलका अंशहरू समावेश छन् । उक्त समयमा बनेका गुफाहरू मध्ये मोकाओ गुफाहरूलाई युनेस्कोले सन् १९८७ मा विश्व सम्पदा स्थलको रूपमा सूचीकृत गरेको थियो ।

मोकाओ गुफाहरू

(नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रबाट प्राप्त जानकारीमा आधारित)

Facebook Comments