Thu. May 16th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ मा हुने

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोले मंगलबार पार्टीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले छलफलको अध्यक्षता गर्नुभएको थियो ।

बैठकको निर्णय अनुसार पार्टीको १९औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक आगामी अक्टोबर ९ मा पैचिङमा आयोजना हुनेछ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक ब्यूरोले पार्टीको १९औँ केन्द्रीय समितिको पूर्ण बैठक समक्ष पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशन सन् २०२२ को अक्टोबर १६ का दिन पैचिङमा आयोजना हुने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सीआरआईले जनाएको छ ।

हाल महाधिवेशनका विभिन्न तयारी कार्य सुचारू राख्दै महाधिवेशनको सफलताका साथ आयोजना गर्नुपर्ने सम्मेलनले उल्लेख गरेको छ।

Facebook Comments