Wed. May 15th, 2024

ज्ञानेन्द्रको अर्धशतकको मद्दतमा केन्या सामु १ सय ७६ रनको विशाल लक्ष्य

काठमाण्डौं, २०७९ भदौं १४ गते मंगलबार । पूर्व कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा पाँचौं तथा अन्तिम टि-२० आईमा नेपालद्वारा केन्या सामु १ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन तयार पारेपछि घरेलु टोली केन्याले जितका लागी १ सय ७६ रनको लक्ष्य पाएको हो ।

नेपालका लागी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४४ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेल्नु भयो । ज्ञानेन्द्रको यो टि-२० आईमा दोस्रो अर्धशतक हो । यस्तै रोहित पौडेलले ४७ रन, अर्जुन साउद २९ रन, दिपेन्द्र सिंह ऐरी २२ रनमा आउट हुनु भयो ।

केन्याका लागी शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो २-२ विकेट लिनु भयो ।

पाँच खेलको टि-२० आई सिरिज अन्तर्गत घरेलु टेली र भ्रमण टोलीले २-२ खेल जितेका छन् । आजको खेल जित्ने टोलीलले सिरिज जित्ने छ । त्यसकारण दुबै टोली सिरिज आफ्नो पक्षमा पार्ने योजना सहित मैदान उत्रएका छन् ।

टि-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Facebook Comments