Mon. Apr 29th, 2024

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

काठमाण्डौं, २०७९ भदौं १४ गते मंगलबार । रौतहटको मलाही टोलमा चट्याङ लागेर तीनजना महिलाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका-३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनम कुमारी चौधरीले जानकारी दिनुभयो ।

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Facebook Comments