Tue. Apr 23rd, 2024

नेपाल बन्दलाई प्रयोग गर्दै पुरानो गाडीमा आगो लगाएर बिमा रकम असुल्न खोज्ने पक्राउ

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ७ गते मंगलबार । नेपाल बन्दलाई दूरुपयोग गर्दै पुरानो गाडीमा आगो लगाएर बिमा रकम असुल्न खोज्नेहरु पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा को आह्वानमा चार दलद्वारा आज गरिएको नेपाल बन्दको मौका छोपी बिमा रकम असुल्न आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाउने दाङको घोराहीका चालक र सहचालक पक्राउ परेका हुन् ।

चालक आफैंले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको गौतमले जानकारी दिनुभयो ।

घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुले आगो लगाएका थिए ।

Facebook Comments