Thu. May 2nd, 2024

१८ वर्षपछि जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-५ का सुरज विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको १८ वर्षपछि आइतबार प्रहरीले सोही नगरपालिका-५ भरौलबाट विश्वकर्मालाई पक्राउ गरेको हो ।

१४ वर्षिया एक किशोरीलाई आफ्नै घरमा ४र५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।

उनलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

Facebook Comments