Fri. May 17th, 2024

भारतीय मुख्य प्रशिक्षक राहुल द्रविड कोरोना संक्रमित

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ७ गते मंगलबार । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविड कोरोना संक्रमित हुनु भएको छ । अगस्ट २७ बाट युएईमा सुरु हुने एसिया कप क्रिकेट अघि द्रविडलाई कोरोना संक्रमण भएको भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

कोभिड देखिएपछि उहाँ एसिया कपका लागि युएई जाने नजाने अनिश्चित भएको छ ।

प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् । समूह ’बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

एसिया कपका लागि भारतीय टोलीः
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा , आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान

Facebook Comments