Fri. Apr 26th, 2024

कवीन्द्र सेर्मालाई फोनिज पत्रकारिता पुरस्कार

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २७ गते शुक्रबार । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘फोनिज पत्रकारिता पुरस्कार-२०७९’ पत्रकार कवीन्द्र सेर्मालाई प्रदान गरेको छ ।

महासङ्घको २३ औँ स्थापना दिवसको अवसर पारेर फोनिजका संस्थापक अध्यक्ष सेर्मालाई पुरस्कार स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिएको हो । यसै वर्षदेखि स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिनुभयो ।

पाँचथर कुम्मायक गाउँपालिका-२ मा जन्मिएका सेर्मा दुई दशक यता पत्रकारितामा सक्रिय हुनुहन्छ । सेर्मा हाल न्युज ट्वन्टी फोर टेलिभिजनका जिल्ला संवाददाता र पाँचथर मिडिया प्रा.लि.का अध्यक्षको रुपमा काम गरिराख्नुभएको छ ।

यस्तै फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘फोनिज नवोदित पत्रकारिता पुरस्कार’ सञ्चारकर्मी सुनिता खजुमलाई प्रदान गरेको छ । खजुमलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रम फोनिज पाँचथर अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षता र एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रेडियो नेपाल

Facebook Comments