Sun. May 19th, 2024

राष्ट्रपति भवनअगाडि आत्मदाहको प्रयास

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २७ गते शुक्रबार । निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी छन् । राजपुतले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही,  बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणको माग राखेर उनी एक सातादेखि आमरण बसेकी थिइन् ।

निहारिका राजपुत । फाइल फोटो

आफू १७ वर्षको हुँदा एक युवकले बलात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उनले दोषीलाई कारबाहीको माग राखेर दोस्रोपटक आमरण अनशन बसेकी हुन् । आफूले न्याय नपाएको भन्दै केही दिनयता उनले राष्ट्रपति भवनअगाडि आत्मदाह गर्ने बताउँदै आएकी थिइन् । उनको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् । प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको छ ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी छन् र मुद्दा विचाराधीन छ ।

यसअघि असार ३ मा गृहमन्त्री बालकृष्ण खाणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उनले अनसन तोडेकी थिइन् । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रोपटक यही २० साउनदेखि आमरण अनसन बसेकी हुन् ।

Facebook Comments