Sun. May 19th, 2024

काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण छिट्टै सुरू हुने

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २७ गते शुक्रबार । काठमाडौंको चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरू हुने भएको छ । सडक छेउका रुखविरुवा हटाउने र विजुलीका खम्वाहरु सारेको महिनौं भैसक्दा पनि सडक विस्तारको काम हुन नसकेको गुनासो आईरहेको समयमै चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरू हुने सुखद समाचार आएको हो ।

चीनको राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले लामो समय अलपत्र रहेको चक्रपथको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरू गर्ने जानकारी दिनु भएको चाईना मिडिया ग्रुपले जनाएको छ । हालै पूर्वी एशिया सहयोगसम्बन्धी श्रृंखलाबद्ध विदेशमन्त्री सम्मेलनमा भाग लिएर कम्बोडिया, बङ्गलादेश र मङ्गोलियाको भ्रमण गरी छिङ ताउ सहरमा दक्षिण कोरियाली विदेश मन्त्री र नेपालका विदेश मन्त्रीसँग भेटघाटपछि अगस्ट ११ तारिख सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनुहुँदै परराष्ट्र मन्त्री वाङ यीले दुई पक्षले उच्च गुणस्तरमा ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माण गर्ने, चीन नेपाल रेलमार्ग सम्भाव्यता अध्ययनलाई अघि बढाउने, बिजुली पूर्वाधार निर्माणको सहयोगलाई सबल पार्ने, काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माणलाई छिट्टै सुरू गर्ने, चीनले नेपालका ९८ प्रतिशत उत्पादनलाई शून्य करको छुट दिने साथसाथै नेपालबाट चीनमा चिया, जडीबुटी र कृषि तथा पशुपालन उत्पादन निर्यातको परिमाणलाई विस्तृत पार्ने कदम चाल्ने सहमति भएको जानकारी दिनुभएको छ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यीले चीन नेपाल पहाड र नदी जोडिएको मैत्रीपूर्ण छिमेकी हुनुका साथै आपसी सहयोग र संयुक्त विकास गर्दैआएका साझेदारी रहेको भन्दै दुई पक्षले महत्त्वपूर्ण सहयोग गर्ने सहमति जनाएको बताउनुभएको छ।

नेपाली विदेशमन्त्री नारायण खड्कासँग के कस्तो सहमति जनाएको भन्ने प्रश्नको जवाफमा उहाँले चीन नेपाल पहाड र नदी जोडिएको मैत्रीपूर्ण छिमेकी हुनुका साथै आपसी सहयोग र संयुक्त विकास गर्दैआएका साझेदारी रहेको भन्दै दुई पक्षले महत्त्वपूर्ण सहयोग सहमति जनाएको बताउनुभएको छ।

Facebook Comments