Thu. Dec 26th, 2024

सुनिता डंगोललाई उपमेयर पदमा २४०० मतको अग्रता

- काठमाण्डौं महानगरपालिका निर्वाचन

काठमाण्डौ, २०७९ जेठ १ गते आईतबार । काठमाण्डौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले २४०० मतले अग्रता लिनु भएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डंगोलले ३३८४ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राप्रपाका विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत प्राप्त गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनले काठमाण्डौं महानगरपालिकाको मेयर नेपाली कांग्रेसले र उपमेयर एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।

Facebook Comments