Fri. May 17th, 2024

नेपाल र जिम्बावे ए बिचको सिरिजको खेल तालिका परिवर्तन पहिले टि–२० खेलिने

काठमाण्डौ, २०७९ बैशाख १७ गते शनिबार । नेपाल र जिम्बावे ए बिचको सिरिजको खेल तालिका परिवर्तन गरिएको छ । बर्षाका कारण दुई टोलीबिचको शनिबारका लागि तय गरिएको पहिलो एकदिवसीय खेल स्थगित हुदाँ नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजको खेल तालिका परिवर्तन गरेको हो ।
यस सँग दुई टोलीले पहिला तीन टि-२० खेल खेल्ने भएका छन् । यसअघिको तालिकामा पहिला तीन एकदिवसिय खेल खेल्ने तालिका थियो । शनिबार नेपाल र जिम्बावे ए बीच पहिलो एकदिवसिय खेल लगातार वर्षाको कारण टस पनि हुनपाई स्थगित भएको थियो । मौसम पूर्व अनुमान महशाखाले आईतबार र सोमबार पनि बर्षा हुने पूर्व अनुमान गरेपछि सिरिजको खेल तालिका परिवर्तन गरिएको हो ।

परिवर्तित तालिका अनुसार अब वैशाख १८ गते पहिलो टी-२० खेलिने छ । यस्तै वैशाख १९ दोस्रो टी-२० र वैशाख २१ अन्तिम टी-२० खेल खेलिने छ । एकदिवसीय खेलहरु क्रमस वैशाख २३, २४ र २६ गते आयोजना हुनेछन् । प्रतियोगिताका टी-२० खेलहरु दिउँसो १ बजे र एकदिवसीय खेलहरु विहान ९:३० बजे देखि सुरु हुनेछन् ।

नेपाल र जिम्बावे ए बिचको खेललाई आईसीसीले मान्यता नदिएपनि नेपालले यस सिरिजलाई जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारीको रुपमा लिएको छ ।

नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।

जिम्बावे ए को टोली

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

Facebook Comments