Fri. May 3rd, 2024

उपत्यकाका पेट्रोल पम्पहरुमा उपभोक्ताको भीड, समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन (फोटो फिचर)

काठमाण्डौं, २०७८ चैत २० गते आईतबार ।  शुक्रबारदेखि उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भीड लागेको छ । पेट्रोलियम पदार्थको चरम अभाव भएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । कतिपय उपभोक्ताहरु कमिसनको चक्करमा व्यवसायीहरुले पेट्रोलको हाहाकार सृजना गरेको बताउँछन् ।

यसैबीच कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

फोटो सर्वाधिकार: रमेश हतुवाली

Facebook Comments