Fri. May 17th, 2024

रोहितको शतकका बाबजुद नेपाल झिनो अन्तरले पराजित

काठमाण्डौं, २०७८ चैत ११ गते शुक्रबार । नेपालका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सानदार शतक प्रहार गर्नु भएको छ । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्यीरहेको नेपालका लागी रोहितले ९१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गर्नु भएको हो । यो उहाँको पहिलो ओडीआई शतक हो ।

यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्धको खेलमा १ सय १५ रनको शतकीय इनिङ खेल्नु भएको थियो । रोहित ९१ बलमा ७ चौका र २ छक्कासहित शतक प्रहार गर्नु भएको हो र उहाँ पीचमै पीएनजीका कलरहरुको सामना गरिरहनु भएको छ ।

यसै खेलमा पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गर्दै एकदिवसीय क्रिकेटमा नेपालको कुनैपनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी गर्नु भएको थियो । यसअघि यसै जोडीले पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा पाँचौं विकेटका लागिनै १ सय रनको शतकीय साझेदारी गरेको थियो ।

Facebook Comments