Mon. Dec 23rd, 2024

चीनका विदेशमन्त्री वाङ यी काठमाण्डौंमा

काठमाण्डौं, २०७८ चैत ११ गते शुक्रबार । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी भर्खरै काठमाण्डौं आईपुग्नु भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ ३ दिने नेपाल भ्रमणका लागि कठमाडौं आईपुग्नु भएको हो ।

सोमबार पाकिस्तान पुग्नु भएका वाङ अफगानिस्तान र भारत हुँदै काठमाण्डौं आइपुग्नु भएको हो । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिनु भएका वाङ विमानस्थलबाट द्वारिका होटेल जाने कार्यक्रम रहेको छ । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबार विहान नेपालका समकक्षी डा. नारायण खड्कासँग उहाँले भेटघाट गर्नुहुनेछ । त्यसअघि उहाँ बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यक्रम रहेको छ ।

सोमबार पाकिस्तान पुग्नु भएका वाङ अफगानिस्तान र भारत हुँदै काठमाडौं आइपुग्नु भएको हो ।

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिनु भएका वाङ विमानस्थलबाट द्वारिका होटेल जाने कार्यक्रम रहेको छ । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबार विहान नेपालका समकक्षी डा। नारायण खड्कासँग उहाँले भेटघाट गर्नुहुनेछ । त्यसअघि उहाँ बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यक्रम रहेको छ ।

त्यसैगरि शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री वाङले छलफल गर्ने कार्यक्रम रहेको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

Facebook Comments