Mon. May 20th, 2024

समाजवादी पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी चयन

काठमाण्डौं, २०७८ फागुन १४ गते शनिबार । नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरुले समाजवादी पेशागत कानुन व्यवसायी संगठन (एसपिएलए) गठन गरेका छन् । शनिबार भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

पार्टी विभाजन लगत्तै अरु संगठनहरु विभाजन भए पनि वकिलहरुको संगठन भने विभाजन नगर्ने भनि एसपिएलए गठन गरिएको अधिवक्ता रामकुमार खतिवडाले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले एसपिएलएको वरिष्ठ उपाध्यक्षमा दुर्गामोहन श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षहरुमा विष्णुहरि सापकोटा, श्यामानन्द चौधरी, प्रमोद शाह, विष्णुप्रसाद सापकोटा लगायत हुनुहुन्छ ।

त्यस्तै महासचिवमा अम्बरबहादुर राउत चयन हुनुभएको छ भने सचिवहरुमा गोपाल श्रेष्ठ, गुनराज आचार्य, विजय बस्नेत, शिव भुजेल, बुद्धिप्रसाद खरेल लगायत हुनुहुन्छ । समितिको कोेषाअध्यक्षमा नारायणप्रसाद पराजुली चयन हुनुभएको छ ।

आउँदो चैत १९ गते हुने नेपाल बारको चुनावलाई प्रभावित पार्ने गरी एसपिएलएले संगठन विस्तारलाई तीव्रता दिने तयारी गरेको छ । राष्ट्रिय भेलामा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापाले पनि एसपिएलएलाई साथ दिनुभएको छ ।

Facebook Comments