Mon. Feb 17th, 2025

सन् २०२१ अमेरिकाका धेरै शहरमा हत्या प्रकरणको संख्या गत वर्षको भन्दा वृद्धि

काठमाण्डौं, २०७८ पुस २३ गते शुक्रबार । अमेरिकी सी.एन.एन नेटवर्कले जनवरी ४ तारिख सार्वजनिक गरेको समाचार अनुसार सन् २०२१ मा अमेरिकाका धेरै शहरमा उत्पन्न हत्या प्रकरणको संख्या गत वर्षको भन्दा वृद्धि भएको साथै जुन शहरहरूमध्येका १० शहरको हत्या प्रकरणको संख्या ऐतिहासिकको रूपमा सबभन्दा धेरै पुगेको जनाइएको छ।

तथ्याङ्कका अनुसार अमेरिकामा जनसंख्याको सबभन्दा धेरै ४० वटा शहरमध्ये दुई तिहाइ शहर सन् २०२१ मा हत्या प्रकरणको संख्या वृद्धि भएको छ। फिलाडेल्फिया र पोर्टल्याण्डसमेतका १० वटा शहरमा उत्पन्न हत्या प्रकरणको संख्या ऐतिहासिक सबभन्दा बढी पुगिसकेको देखिन्छ। सन् २०२० वर्षको तुलनामा लस् एन्जलसमा उत्पन्न हत्या प्रकरणको संख्या १२% वृद्धि भएको र न्यूयोर्कको ४% वृद्धि भएको छ। सीएमजी

Facebook Comments