Thu. May 28th, 2026

“चौंधौं महाधिवेशनबाट पार्टी नयाँ युगमा प्रवेश गर्नेछ”: रामचन्द्र पौडेल

       

काठमाण्डौं, २०७८ मंसिर २४ गते शुक्रबार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनबाट पार्टी नयाँ युगमा प्रवेश गर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको १४ औंँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । ‘नेपाल राष्ट्र र नेपाली कांग्रेसलाई रुपान्तरण गर्न १४ औँ महाधिवेशन महत्वपूर्ण बन्छ’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘महाधिवेशनले पार्टीलाई नयाँ युगमा प्रस्थान गर्नेछ ।’

वरिष्ठ नेता पौडेलले पैसाले चुनाव जित्नेकुरा समाप्त हुनुपर्ने भन्दै भ्रष्टचारबाट देशलाई मुक्त गरेर जनतालाई न्याय दिनुपर्ने बताउनुभयो । ‘विकृति र विसंगतीबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । भ्रष्टचारबाट राष्ट्रलाई मुक्त गरेर आज निमुखा जनतालाई न्याय दिनुपर्छ’, पौडेलले भन्नुभयो, ‘आज निमुखा जनताले न्याय पाउन सकेका छैनन । सामान्य भन्दा सामान्य मान्छेले न्याय पाउने नेपाल बनाउने जिम्मेवारी कांग्रेससँग छ ।’

विधिमा कांग्रेस सञ्चालन हुन नसक्नु सबैभन्दा ठूलो चुनौती भएको उहाँको भनाइ छ । महाधिवेशनको समयले पार्टीको भविष्य निर्माण गर्ने उहाँको भनाइ छ । उहाँले सैद्धान्तिक रुपमा कम्युनिस्टलाई कसरी कमजोर बनाउने भन्ने एजेण्डा कांग्रेसले बोक्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read