Thu. May 28th, 2026

‘मलाई एक पटक जिताई दिनुहोस्’ : शेर बहादुर देउवा

       

काठमाण्डौं, २०७८ मंसिर २४ गते शुक्रबार । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई फेरि एक पटक जिताउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । काठमाण्डौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सो आग्रह गर्नुभएको हो ।

देउवाले आफूलाई फेरि एक पटक जिताए स्थानीय तहदेखि राष्ट्रिय सरकार काँग्रेसको नेतृत्वमा बन्ने दाबी गर्नुभयो । “आउँदो सरकार कांग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो । ” देउवाले भन्नुभयो ।

‘काँग्रेसको सरकार रहिरहयो भने स्थानीय सरकार काँग्रेसको हुनेछ, काँग्रेसको सरकार रहिरहयो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ’, सभापति देउवाले भन्नुभयो, ‘त्यसका लागि मलाई एक पटक जिताइदिनुहोस् ।’

सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनताले मुक्ती पाएको दाबीसमेत गर्नुभएको छ । ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ती पाए’, उहाँले भन्नुभयो । सभापति देउवाले फेरि तानाशाही सरकार नआओस् भन्ने कुराको फैसला काँग्रेसको १४ औँ महाधिवेशनले गर्ने उल्लेख गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read