Fri. Dec 27th, 2024

नेपाली कांग्रेसको चालु महाधिवेशनमा महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन पेशसँग आजको बन्दसत्र सकियो

काठमाण्डौं, २०७८ मंसिर २४ गते शुक्रबार । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ ।

शुक्रबार राति भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीद्वय कोइराला र खड्काले सांगठनिक प्रतिवेशन पेश गर्नुभएको काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला सङ्ग्रौला जानकारी दिनुभयो ।को बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ ।

शुक्रबार राति भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीद्वय कोइराला र खड्काले सांगठनिक प्रतिवेशन पेश गर्नुभएको काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला सङ्ग्रौला जानकारी दिनुभयो ।

साथै उहाँले काँग्रेस महाधिवेशनको आजकाे बन्दसत्र सकिएको पनि जानकारी दिनुभयो । महामन्त्रीद्वयले बन्दसत्रमा पेश गर्नुभएको प्रतिवेदनमा पार्टीमा व्यक्तिगत तथा गुटगत स्वार्थ छाडेर पार्टीको बृहत्तर हितमा समाहिच भएर मात्रै राष्ट्रिय चुनौतीहरुको सामना गर्न सकिने बताउनुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments