Thu. May 28th, 2026

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौंमा सुरु (फोटो फिचर)

       

काठमाण्डौं, २०७८ मंसिर २४ गते शुक्रबार । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भव्य रुपमा सुरु भएको छ । हजारौं कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थितिमा सुरु भएको सो महाधिवेशन उद्घाटन समारोहलाई पार्टीका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण प्रसाद सिटौंला, बिमलेन्द्र निधी, सशांक कोइराला, डा. प्रकाशशरण महत, पूर्ण बहादुर खड्का लगायतले सम्बोधन गर्नु भएको छ ।

Nepali Congress..

त्यसैगरी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सिपि मैनाली लगायतले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

महाधिवेशनमा आज नै बन्द सत्रको कार्यक्रम समेत हुने नेपाली काँग्रेसले जनाएको छ ।

यस्तै भोलि मङ्सिर २५ गते उम्मेदवारी दर्ता तथा उम्मेदवारी विरुद्धको दाबी विरोध र जाँचबुझको समय निर्धारण गरिएको छ भने मङ्सिर २६ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन हुने छ भने मङ्सिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

फोटो :कृष्ण कुमार बलामी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read