Thu. Sep 19th, 2024

विराटनगरमा तीनवटा सवारी जुध्दा १ जनाको मृत्यु, ६ जना घाइते

काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार । विराटगरमा तीनवटा सवारी साधन जुध्दा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

विराटनगर–४ आयल निगमअगाडि आज साँझ भएको दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२३ नम्बरको रातो कारले सोही दिशातर्फ जादै गरेको प्रदेश नंं। २–०३–००१– ख १७७१ नम्बरको मालवक ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको हो ।

ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइटरमा ठक्कर दिएको थियो । कारको ठक्करले उछिट्टिएको डिभाइटरले लागेपछि पैदलयात्री विराटनगर ३ हलेसी टोलका ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा। २ झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीलाई पनि क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परी कार चालक सप्तरी राजविराज घर भएका दिलिपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते हुनुभएको छ । उहाँहरु सबै कारमा सवार हुनुहुन्थ्यो । उहाँहरूको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार भइरहेको छ । नेपाली सेनाले चलाएको स्कारपियो र ट्रकको चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । ‘तीन वटा सवारी साधन दुर्घटनामा परेको देखिएको छ,’ घटनास्थलमा पुगेका मोरङ ट्राफिकका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले भन्नुभयो, ‘ओभरटेक गर्दा दुर्घटना भएको देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’  हाम्रो मत अनलाईन

Facebook Comments