Sun. May 12th, 2024

पैचिङ गृष्मकालीन ओलम्पिक र हिउँदकालीन ओलम्पिक आयोजना हुने इतिहासमै पहिलो र एकमात्र शहर

काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार । चीनको राजधानी पैचिङ गृष्मकालीन ओलम्पिक खेलकुद र हिउँदकालीन ओलम्पिक खेलकुद आयोजना हुने विश्व इतिहासमै पहिलो र एकमात्र शहर बन्न सफल भएको छ ।

पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद सन् २०२२ को आयोजना हुन १०० दिन बाँकी छ। सो दिन पैचिङ आधुनिक ओलम्पिक इतिहासमा पहिलो र एक मात्रै गृष्मकालीन ओलम्पिक खेलकुद र हिउँदकालीन ओलम्पिक खेलकुदको आयोजना हुने शहर बन्ने छ। पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुदले पैचिङ गृष्मकालीन ओलम्पिक खेलकुद सन् २००८ का रंगशालाहरु र खेलमैदानहरूले सम्पदालाई निरन्तरता प्रदान गर्नुका साथै नवप्रवद्र्धन समेत गरेका छन्।

पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकद छुट्टाछुट्टै रुपमा पैचिङ र चाङ च्या खौ शहरमा आयोजना हुने छ। पैचिङ प्रतियोगिता क्षेत्रका आठ वटा रंगशाला र खेलमैदान छन्। चाङ च्या खौ प्रतियोगिता क्षेत्रका चार वटा रंगशाला र खेलमैदान छन्। सीआरआई

Facebook Comments