Fri. May 17th, 2024

चीनबाट कोरोनाविरुद्धको भेरोसेल खोपको १० लाख मात्रा आइपुग्यो

काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट १० लाख २० हजार मात्रा कोरोनाको भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार यो खोपलाई टेकुमा रहेको भण्डारण केन्द्रमा राखिएको छ ।

यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।

Facebook Comments