Mon. Dec 23rd, 2024

अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार ।  नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको नेतृत्व समाल्ने गरि नयाँ सम्झौता गर्नुभएको छ ।

कतार फुटबल एसोसियनको सहयोगमा प्रशिक्षक अलमुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा) बीच ३ बर्षको लागि सम्झौता भएको हो ।

आफ्नो फेसबुक मार्फत प्रशिक्षक अलमुताइरीले एन्फाको अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा र कतार फुटबल एसोसियनका अधिकारीहरुसँग छलफल पछि नयाँ सम्झौता गरेको जानकारी दिनुभएको हो ।

सम्झौता गरेको जानकारीसँगै अब आउने २ बर्षका लागि राष्ट्रिय फुटबल टिमको नयाँ योजना र लक्ष्य छिट्टै सार्वजनिक गर्ने भन्दै प्रशिक्षक अलमुताइरीले आफ्ना लागि मात्रै नभई खेलाडीलाई पनि माया र साथ दिनका लागि सबैमा आग्रह गर्नुभएको छ ।

Facebook Comments