Fri. May 10th, 2024

ताेताेपानी नाकाबाट ३४० मेट्रिक टन युरिया मल काठमाडाैं आइपुग्याे

काठमाण्डौं, २०७८ कात्तिक ६ गते शनिबार । नेपाल चीनबीचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै भित्रिन शुरू गरेको हो ।

तातोपानी भन्सार कार्यालयबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको सिल्क ग्रुपले ढुवानीको सम्झौता गरी चीनबाट मल तातोपानी नाका हुँदै नेपाल ल्याएको हो ।

पाँच हजार एक सय मेट्रिक टन मल आयातको अनुमती पाएको सिल्क ग्रुपले तातोपानी नाका हुँदै हालसम्म ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । ‘अब सम्झौता भएको बाँकी मल नेपाल भित्रने क्रममा रहेको छ’उहाँले बताउनुभयो । मल आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिनाभित्र आफूहरुले जिम्मा पाएको पाँच हजार एक सय मेट्रिक टन युरिया मल सबै नेपाल भित्रिसक्ने बताउनुभयो ।

नेपाल सरकारले यसअघि पनि उत्तरी नाका तातोपानी हुँदै साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल भित्र्याएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments