Thu. Apr 25th, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विजया दशमीको टीका ग्रहण

काठमाण्डौं, २०७८ असोज २९ गते शुक्रबार । विजया दशमीको पावन अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गर्नुभयो ।

Facebook Comments