Sat. May 4th, 2024

नेकपाका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन

काठमाण्डौं, २०७८ असोज २९ गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन भएको छ । उहाँ नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुनुहुन्छ ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेकाे उहाँ भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा विहान निधन भएको नेकपा श्रोतले जनाएको छ ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा हुनुभएका उहाँकाे कारागारमा पटक-पटक अस्वस्थ भएर अस्पतालमा उपचार गरिएकाे थियाे ।

राेल्पामा जन्मनुभएका उहाँ पछिल्लाे समयदेखि बसाइसराइ गरेर कपिलवस्तु जिल्लाकाे शिवराज गढीमा बस्दै भएकाे थियाे ।

६१ वर्षीय उहाँकाे दुई छोरा र एक श्रीमती हुनुहुन्छ । गोरखापत्र अनलाईन

Facebook Comments