Tue. May 7th, 2024

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । नेपालमा कोरोना भाइरसका ४ सय ५५ संक्रमित थपिएका छन् । ६ हजार २ सय १४ जनाको परीक्षणबाट ७.३३ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ४ सय १८ पीसीआर परीक्षणबाट भने ११ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । थपिएकामा काठमाडौंका १ सय ४७, रुपन्देहीका ५१, ललितपुरका ४९ । मोरङ्गका ३० तथा भक्तपुरका २० जना हुन् ।

८ सय ४ जना संक्रमणमुक्त भएका छन् । थप ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ रहेको छ ।

Facebook Comments