Mon. Dec 23rd, 2024

बडा दशैंको टीकाको साईत भोली बिहान १० वजेर २ मिनेटमा

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । बडा दशैंको टीकाको साईत भोली बिहान १० वजेर २ मिनेटमा सबैभन्दा उत्तम रहेको छ । नेपालीहरुको महान चाड बडा दशैंको दशौं दिन भोली विहान १० वजेर २ मिनेटको साईत माता दूर्गा भवानीको प्रसाद ग्रहण गर्न सबैभन्दा उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेल भन्नुहुन्छ, “टीकाको सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट भए पनि त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट हो ।”

हाम्रो देशमा पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ ।

Facebook Comments