Sun. May 19th, 2024

सर्वोच्च अदालतको आदेशपछि रुवी खान रिहा

फाइल फोटो

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । प्रहरी हिरासतमा रहनु भएकी महिला अधिकारकर्मी रुवी खान रिहा हुनुभएको छ। सर्वोच्च अदालतको आदेशपछि रुवी खान रिहा हुनुभएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी मोहना अन्सारीले ट्विटरमार्फत यसको जानकारी दिनुभएको छ ।

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे थियो ।

रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको थियाे । उज्यालो अनलाईन

Facebook Comments