Sat. Apr 20th, 2024

परराष्ट्रमन्त्री खड्काद्वारा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त परराष्ट्रमन्त्री खड्काले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति भएपछि प्रधानमन्त्री देउवाले खड्काको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको थियो । सफत ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहन्थ्यो ।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

Facebook Comments