Thu. Nov 14th, 2024

चीनमा तीन सन्तान नीतिलाई मान्यता प्रदान

काठमाण्डौं, २०७८ भदौं ४ गते शुक्रबार । चीनले जन्मदर बढाउन दम्पत्तीले तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐनलाई संशोधन गरेको छ । चीनको वरिष्ठ कानून निमार्ताको थलो ‘द नेशनल पिपुल्स कंग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

चीनले गत् मई महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो । उक्त निर्णयलाई अब कानूनी रुप दिइएको छ । कानूनमा सामाजिक सुधार शुल्क हटाइएको छ ।

सामाजिक सुधार शुल्कले तोकिएको भन्दा बढी सन्तान जन्माउँदा दम्पतीमाथि लगाइने जरिवाना शुल्क हो । कानूनमा अब सुत्केरी विदा, महिलाको पेशाको अधिकार र बालबालिका हेरचाह पूर्बाधारमा सुधार गर्ने उल्लेख गरिएको छ ।

हालै जारी गरिएको जनसंख्या प्रतिवेदनले जन्म दरमा उल्लेख्य कमी आएको देखिएको थियो । सन् २०१६ मा मात्रै चीनले एक सन्तान नीतिलाई परिमार्जन गरी दुई सन्तानको अवधारणा ल्याएको थियो । यद्दपी जन्म दर उल्लेख्य प्रगति देखिएन । चिनियाँ शहरहरुमा सन्तान भरणपोषणका लागि लाग्ने खर्चले चिनियाँ दम्पत्तीलाई चिन्तित बनाएको थियो । एजेन्सी 

Facebook Comments