निर्वाचन आयोगमा माधव नेपालको नयाँ पार्टी दर्ता, नाम ‘नेकपा एकीकृत समाजवादी’
काठमाण्डौं, २०७८ भदौं ४ गते शुक्रबार । माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपाल अध्यक्ष रहेको ‘नेकपा एकीकृत समाजवादी’ को नाम दर्ता भएको हो ।
नेपाल समूहले यसअघि नेकपा एमाले (समाजवादी) नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले एमाले नाम जुधेको भन्दै नाम संशोधन गर्न आग्रह गर्दै फिर्ता पठाएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नाम परिवर्तन भएर आएपछि पार्टी दर्ता भएको जानकारी दिनुभयो ।
‘उहाँहरु संशोधित नियमावलीको ढाँचा अनुरुप दर्ता गर्न आउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चाहिँ दर्ता नै भइसक्यो,’ थपलियाले भन्नुभयो ।
Facebook Comments