Wed. May 15th, 2024

यूएईद्वारा कोभिड परीक्षणमा कडाइ, हवाइ उडान प्रभावित

काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । संयुक्त अरव इमिरेट्स (यूएई ) ले कोभिड-१९ को परीक्षणमा थप कडाई गरेको छ । यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने भएपछि हवाइ उडान प्रभावित बनेको छ ।

युएइ सरकारले ५ अगष्ट देखि लागु हुने गरी ४८ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनु पर्ने, नेपालको विमानस्थलमा र्यापिड टेष्ट, एन्टीजेन टेष्ट गरेको हुनु पर्ने प्रावधान अनिवार्य बनाएको आबुधावी स्थित नेपाली दुतावासले विज्ञप्ति मार्फत जनाएको छ । प्रवेशमा कडाइ गरेसँगै हिमालय एअरलाइन्सले मंगलबार यूएईको उडान रद्ध गरेको जनाएको छ ।

यूएई सरकारले यूएईको आवशीय भिषा भएको र यूएई भित्रै दुई मात्रामा कोभिड विरुद्धको खोप लगाएकालाई मात्र प्रवेश दिने जनाएको छ । तर प्रवेशका क्रममा भने यूएई विमानस्थलमा ओर्लिए पछि पुनः पिसीआर टेष्ट गर्नु पर्ने, क्वारेन्टीन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नु पर्ने उल्लेख गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments