Mon. May 6th, 2024

रोकिएका परीक्षा आजदेखि सुरु

काठमाण्डौं, २०७८ साउन १० गते आईतबार । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो ।

भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ ।

कोरोनाका कारण धेरै विद्यार्थी सङ्ख्या भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो । तर प्रवेश पत्र र विषय नमिलेका कारण समस्या भोग्नुपरेको विद्यार्थीको गुनासो छ।

परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ ।

साथै फोटो नभएको प्रवेशपत्र भए परीक्षार्थीको नागरिकता वा अरु परिचय खुल्ने परिचयपत्र हेरेर नियमअनुसार परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले निकालेको सूचनामा भनिएको छ ।

Facebook Comments