Sun. May 5th, 2024

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवाले आज बेलुकी पद तथा गोपनीयताको सपथ लिनु भएको हो। उहाँलाई आजै राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो ।

विसं २००३ साल जेठ ३१ गते असिग्रााम रुवाखोला, गन्यापधुरा गाउँपालिका-१ डडेल्धुरामा जन्मिनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

विसं। २०२२ सालबाट नेपाली कांग्रेसमा आवद्ध हुनुभएका देउवा २०५२ साल भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । यसबीचमा उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य, २०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ सालमै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।

यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका देउवालाई २०५९ साल असोज १८ गते राजा तत्कालीन राजा ज्ञानेन्द्र बीर बिक्रम शाहले प्रधानमन्त्री पदबाट हटाउनु भएको थियो । वि.सं.२०५९ सालअसारमा कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति हुनुभएका देउवा २०६१ साल जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुनुभएका देउवालाइ ९ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो ।

त्यसपछि २०६४ मा नेपाली कांग्रेस एकीकरण भएपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता हुनुभएको थियो । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री हुनुभएका देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

Facebook Comments