Wed. May 15th, 2024

सर्वोच्च अदालतद्वारा दुई दिनभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी

काठमाडौं, २०७८ असार २८ गते सोमबार । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको हो ।

Facebook Comments