Sat. May 18th, 2024

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा शाङहाइ सहयोग संगठनका विदेश मन्त्री स्तरीय बहुपक्षीय सम्मेलनमा भाग लिनुहुने

काठमाडौं, २०७८ असार २७ गते आईतबार । चीनको राज्य परिषदका सदस्य एबम परराष्ट्र मन्त्री वाङ्ग यीले यहि जुलाई १२ देखि १६ तारिखसम्म तुर्कमेनिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानको निमन्त्रणामा यी तीन मुलुकको भ्रमण गर्नुहुने भएको छ । साथै  रराष्ट्र मन्त्री वाङ्ग यीले  शाङहाई सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलन,“शाङहाई सहयोग संगठन अफगानिस्तान सम्पर्क समूह”को परराष्ट्र मन्त्री स्तरीय बैठक,“मध्य एशिया तथा दक्षिण एशिया:क्षेत्रीय सम्पर्कका लागि चुनौती र अवसर” भन्ने शिर्षकको उच्च स्तरीय अन्तर्राष्ट्रिय बैठकमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले ९ तारिख आयोजना भएको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार परराष्ट्र मन्त्री वाङको विदेश भ्रमण चीनद्वारा मध्य एशियाली मुलुकसँगको परम्परागत मित्रता र सहयोगलाई मजबुत बनाउने,शाङहाई सहयोग संगठनको विकासलाई प्रवर्द्धन गर्ने,अफ्गानिस्तानको स्थिरता तथा शान्तिलाई बढाउने,“बेल्ट एण्ड रोड” र पारस्परिक सम्पर्कको निर्माणलाई प्रवर्द्धन गर्ने एक महत्वपूर्ण कुटनीतिक गतिविधि हो। सीआरआई

Facebook Comments