Sat. Sep 28th, 2024

चीनका परराष्ट्रमन्त्री वाङ यीले तुर्कमेनिस्तान, ताजिकिस्तान, उज्वेकिस्तानको भ्रमण गर्ने

काठमाडौं, २०७८ असार २५ गते शुक्रबार । चीनका परराष्ट्रमन्त्री वाङ यीले तुर्कमेनिस्तान, ताजिकिस्तान, उज्वेकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनका अनुसार तुर्कमेनिस्तानका उपप्रधानमन्त्री एवम् विदेश मन्त्री राशिद मेरेदोभ, ताजिकिस्तानका विदेश मन्त्री सिरोत्जिदिन अस्लोभ र उज्वेकिस्तानका विदेश मन्त्री अब्दुल्लाजिज कामिलोभको निमन्त्रणामा चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले जुलाई १२ देखि १६ तारिखसम्म तुर्कमेनिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।

शाइहाइ सहयोग संगठनका सदस्य देशहरूका विदेश मन्त्रीहरूको परिषद् सम्मेलन, “शाङहाइ सहयोग संगठन-अफगानिस्तान सम्पर्क समूह”सम्बन्धित विदेश मन्त्रीहरूको बैठक र “मध्य र दक्षिण एशिया: क्षेत्रीय चुनौती र अवसर” उच्चस्तरीय अन्तर्राष्ट्रिय बैठकमा पनि परराष्ट्र मन्त्री वाङ यीले भाग लिनुहुने छ। सीआरआई

Facebook Comments