Thu. Apr 25th, 2024

अपहरणमा परेकी २२ वर्षिया सुजिता भण्डारीको शव झाडीमा भेटियो, दोषीलाई कडा कारवाहीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, २०७८ असार २१ गते सोमबार । एघार दिनदेखि हराई रहेकी युवतिको शव भेटिएपछि हत्या भएको आंशकामा अनुसन्धानको माग गरिएको छ । राप्ती नगरपालिका-३ झुरझुरेकी २२ वर्षिया सुजिता भण्डारीकोे शव आइतवार साँझ फेला परेको थियो ।

घरबाट चार किलोमिटर पर ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा उनको शव भेटिएको स्थानीयले जनाएका छन् । मृतककी आमा अम्बिकाभण्डारी छोरीको ‘अपहरण’ पछि हत्या भएको दावि गनुहुन्छ ।

“आफू अपहरणमा परेको भन्दै फोन गरेर गुहार मागेकी छोरीलाई बचाउन सकिएन”, उहाँले दुखेसो पोख्दै भन्नुहुन्छ, “छोरीको हत्यारा पत्ता लगाएर सजाय दिलाउन आवश्यक छ ।”

छोरी अपहरणका दिन आफूहरु धान रोप्न गएको र छोरीले दिउसो आफ्नी दिदीलाई फोन गरेको उहाँको भनाई छ । “घरवाट हराएकी छोरीले १२ बजे दिउँसो दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ, टाउकोमा हिर्काको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन्”, सञ्चारकर्मीहरुसँग आमाले रुदै भन्नुभयो ।
प्रत्यक्ष दर्शीहरुका अनुसार सुजिताको शव सडे गलेको अवस्थामा भेटिएको छ । परिवारले पहिचान गरेपछि मात्रै मृतकको पहिचान भएको वताइन्छ ।

सुजिता प्रकरण हत्या नै भएको भन्दै स्थानीय बासिन्दाले पनि घटनाको छानविन र दोशी उपर कारवाहीको मागगर्दै अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गको राप्ती नगर पालिका वडा नम्वर ३ झुरझुरेमा स्थानीयको विरोधमा यातायात ठप्प भएपछि सम्झाई वुझाइ राजमार्ग खुला गर्ने प्रयास भैरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भिम भट्टराईले जानकारी दिनुभयो ।

“पोष्ट मार्टमकालागि भरतपुर ल्याउन लागेको शव नै रोकेर अहिले विरोध प्रर्दशन भैरहेको छ । पहिला त राजमार्ग खोल्नुपर्यो”, उहाँले भन्नुभयो । शवको पोष्टमार्टम र घटनाका वारेमा अनुसन्धान प्रक्रियामा नै अगाडि बढ्ने पनि उहाँले जनाउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments