Fri. Apr 26th, 2024

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । बाढी पीडितको अवस्था बुझ्न मनाङ पुग्नुभएका मुख्यमन्त्री पोखरेल केहीबेरमा पोखरा फर्कनुहुनेछ ।

नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज मत लिन लाग्नुभएको हो ।

गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन रहेको छ । आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गर्नुहुने भएको छ । उज्यालो अनलाईन

Facebook Comments