Fri. Apr 26th, 2024

महाधिवेशन भदौंमा हुन्छ: सभापति देउवा

काठमाडौं, २०७८ जेठ २७ गते बिहीबार । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुँदैन भनेर कसैले अभिव्यक्ति नदिन आग्रह गर्नु भएको छ ।

सभापती देउवाले बुधबार प्रेस बक्तव्य जारी गर्दै महाधिवेशनको कुरालाई लिएर विभिन्न अभिव्यक्तिहरु नेताहरुबाट सुन्दै आएको भन्दै त्यस्तो अभिव्यक्ति किमार्थ उचित नहुने बताउनुभएको छ ।

महाधिवेशन हुँदैन भनेर कसैले भ्रममा पार्न र कोही भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नु भएको छ । कोरोनाको महामारी विचमा पनि पार्टीको चौधौं महाधिवेशन यही भाद्र महिना भित्र सम्पन्न हुने उहाँले बताउनु भएको छ । असार र साउन महिना भित्र निर्वाचनको पूर्व तयारी गर्नु पर्ने रहेको बताउँदै पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण कुरा भएको आफुले राम्ररी बुझेको समेत सभापती देउवाले बताउनुभएको छ ।

पार्टीको जिवन्तताका लागि महायक्ष भन्ने कुरा मैले राम्ररी बुझेको भन्दै महाधिवेशनको कुरालाई लिएर जे पायो त्यही अभिव्यक्ति नदिन उहाँको अनुरोध छ ।

Facebook Comments