Thu. Dec 26th, 2024

आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन

- नयाँ वजेटमा के के छन् त ?

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब  ५७ करोड रुपैयाँकाे बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभएकाे हाे ।

यो रकममध्ये सङ्घीय सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

यस्तै,खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड ,वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब अनुमान गरिएको छ ।

नयाँ वजेटमा के के छन् त ?

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

सडक र यातायातका लागि १ खर्ब ६३ अर्ब बजेट, काठमाडौंमा एक सय वटा विद्युतीय बस चलाइने

खानेपानी क्षेत्रमा साढे ४३ अर्ब बजेट, ३ वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाइने

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने, ७ लाखसम्मको दुर्घटना बिमा

सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

नारायणहिटी संग्रहालयदेखि दशरथ रंगशालासम्मको क्षेत्रमा “सेन्ट्रल पार्क” निर्माण हुने

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

कृषि क्षेत्रको विकासका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन

युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

प्रधानमन्त्री रोजगार कार्यक्रम स् बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

तीनकुने-जडीबुटीमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट

१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति

अब ४० वर्ष माथिकाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

आगामी वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

Facebook Comments