Sun. May 19th, 2024

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने, ७ लाखसम्मको दुर्घटना बिमा

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

यसैगरी सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ ।

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

Facebook Comments