Fri. Sep 20th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा विज्ञान समितिको अधिवेशनलाई महत्वपूर्ण सम्बोधन

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । चीनको विज्ञान प्रतिष्ठान र चीनको इन्जिनियरिङ प्रतिष्ठानको अधिवेशन तथा चीनको विज्ञान समितिको दशौँ राष्ट्रिय प्रतिनिधिसभा मे २८ तारिख पैचिङमा आयोजना भएको छ।

सो अधिवेशसनलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुहुँदै विज्ञान तथा प्रविधिको आत्मनिर्भरलाई राष्ट्रिय विकासको रणनीतिक समर्थनको रूपमा राखेर उच्च गुणस्तरीय विकासलाई बढाउनुपर्ने बताउनु भयो ।

राष्ट्राध्यक्ष सीले विज्ञान तथा प्रविधिमा आधारित देशको विकास गर्ने, दक्षताबाट देशलाई वलियो बनाउने, नवीन सिर्जना गरी विकास गर्ने रणनीतिको गहिरो रूपमा पालना गर्नुपर्ने भन्दै वैज्ञानिक तथ प्राविधिक वलियो मुलुकको छिटो निर्माण गरी उच्चस्तरीय विज्ञान तथा प्रविधिको आत्मनिर्भरतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो। सीआरआई

Facebook Comments