Tue. May 7th, 2024

पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल अस्पताल भर्ना

- कोरोना संक्रमण भुपडीदेखि दरवारसम्म

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । कोरोना भाइरस (कोभिड-१९) संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना हुनुभएको छ । कोभिड-संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा आराम गरिरहनु भएका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकले कोरोनावाट चाँडो निको हुन चिकित्सकको सल्लाह बमोजिम पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आज शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल, थापाथलीमा भर्ना भएको जानकारी दिनुभएको छ।

अस्पतालका अनुसार अस्पताल भर्ना हुनेहरुमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहनु भएको छ । अस्पतालले उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धत गर्दै तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको जनाएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किनु भएका पूर्वराजा ज्ञानेन्द्र र उहाँकी पत्नी कोमललाई गत वैशाख ७ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments