Fri. Sep 20th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पो आउ एसिया मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन

काठमाडौं, २०७८ बैशाक ७ गते मंगलबार ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पोआउ एशिया मञ्च सन् २०२१ वार्षिक सम्मेलनको उद्धाटन समारोहलाई सम्बोधन गर्नुभएको छ ।  २० तारिख बिहान हाइनानको पो आउमा  मञ्चको उद्धाटन समारोह शुरु भएको हो।

सो उद्घाटन समारोहलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। सम्बोधनमा राष्ट्राध्यक्ष सीले बितेका २० वर्षयता चीनले एशियाली ठूलो परिवारको महत्वपूर्ण सदस्यको हैसियतले सुधार र खुलापनलाई निरन्तर रुपमा वहन गर्नुका साथै सक्रियताका साथ क्षेत्रीय सहकार्यलाई अघि बढाउँदै आएको बताउनुभएको छ।

चीन एशियाका साथ प्रगति गर्दै र विश्वका साथ विकास हुँदै जाने पनि उहाँले औँल्याउनुभएको छ। राष्ट्राध्यक्ष सीले भिडियोमार्फत् “एउटै डुंगामा बसेर संयुक्त रुपमा कठिनाई जितेर संयुक्त भाग्यको रुपमा भविष्यको सिर्जना गरौं” शीर्षकमा सम्बोधन गर्नुभएको हो।

राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय मामिला सम्बन्धलाई संचालन गर्न सबैले छलफल गर्नुपर्ने र एक अथवा केही मुलुकहरुले तर्जुमा गरेको नियम अरुलाई जबरजस्ती थोपार्न हुँदैन भन्दै विश्वलाई प्रभूत्ववाद होइन न्याय चाहिने बताउनु भयो । साथै सीले ठूलो मुलुकले अरु बढी जिम्मेवारी वहन गर्नुपर्ने पनि औंल्याउनुभएको छ।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले “बेल्ट एण्ड रोड”सबैले हातमा हात मिलाएर हिँड्ने फराकिलो बाटो भएको र कुनै पक्षको निजी बाटो नभएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, यसप्रति रूचि भएका मुलुकहरूले भाग लिएर संयुक्त सहयोग र संयुक्त फाइदा लिनसक्छन्। “बेल्ट एण्ड रोड” को संयुक्त निर्माणको उद्देश्य विकास र संयुक्त फाइदा लिनु हो र यसबाट समग्र विकासको आशा गर्न सकिन्छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीनले खुलस्त र सहिष्णु धारणा अपनाउँदै बेल्ट एण्ड रोडमा संलग्न भएका सम्बद्ध पक्षहरूसँगै मिलेर बेल्ट एण्ड रोडलाई गरिबी निवारण रोड तथा विकासको वृद्धि हुने रोडको रुपमा निर्माण गर्दै जानेछ। साथै चीनले मानव जातिको साझा समृद्धिका लागि सकारात्मक योगदान पनि गर्दै जानेछ।

राष्ट्राध्यक्ष सीले मुलुकहरुबीच समान रुपमा व्यवहार तथा आपसी सम्मान र विश्वासलाई प्राथमिकता दिनुपर्ने भन्दै अरु देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नुबाट जनताको समर्थन गुमाइने पनि बताउनुभएको छ। शान्ति, विकास, न्याय, निष्पक्ष, प्रजातन्त्र र स्वतन्त्रता लगायत मानवको साझा मूल्यको प्रचार-प्रसार गरी मानव सभ्यताको विकासलाई अघि बढाइनुपर्ने पनि उहाँले बताउनु भएको छ ।

राष्ट्राध्यक्ष सीले सन् २०३० सम्ममा “बेल्ट एण्ड रोड” बाट विश्वका ७६ लाख जनतालाई चरम गरिबी र ३ करोड २० लाख जनतालाई मध्यम गरिबीको अवस्थाबाट मुक्त गरिने भन्दै चीनले “बेल्ट एण्ड रोड”लाई “गरिबी निवारण रोड” र “आर्थिक वृद्धि रोड” बनाएर मानवको साझा समृद्धिका लागि सक्रिय योगदान पुर्‍याउने कुरामा जोड दिनुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले जे जस्तो परिवर्तन भए तापनि प्रभुत्त्ववाद तथा विस्तारवादको पछि नलाग्ने र होडबाजी नगर्ने चीनको शान्तिपूर्ण परराष्ट्र नीतिमा कुनै परिवर्तन नहुने प्रस्ट पार्नुभयो ।  साथै चीन निरन्तर रुपमा विश्व शान्तिको निर्माण, विश्व विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक बन्दै जाने पनि उहाँले बताउनुभयो। राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै वर्तमान समय चुनौती र आशा सँगसँगै भरिएको युग भएको पनि बताउनुभएको छ।

मानव समाज कुन दिशातर्फ जानुपर्छ?हामीले सन्तानका लागि के-कस्तो भविष्य सिर्जना गर्नुपर्छ?भन्ने प्रश्न पनि सम्बोधनका क्रममा उहाँले गर्नुभएको छ। सीले भन्नुभयो, चिनियाँ पक्षले यस्तो प्रस्ताव प्रस्तुत गरेको छः “एशिया तथा विश्वका विभिन्न मुलुकले युगको आव्हानलाई जवाफ दिएर हातमा हात मिलाएर कोभिड-१९को सामना गर्नुपर्छ। विश्वव्यापी व्यवस्थापनलाई सबल पारेर मानव भाग्य एकरूपता तर्फ विकास गर्नुपर्छ। सीले भन्नुभयो, विश्वव्यापी आर्थिक युगमा खुलापन र पारस्परिक आदान प्रदान छेक्न नसकिने ऐतिहासिक प्रवाह हो। मानव शक्तिद्वारा बाधा पुर्याउने अथवा मुल प्रवाह विच्छेद गर्ने कारबाही आर्थिक नियम विपरित र बजारको नियम विपरित हुने पनि राष्ट्राध्यक्ष सीले बताउनु भएको छ । सीआरआई

Facebook Comments