Thu. May 2nd, 2024

पद गुमाएकै दिन पुन: गृहमन्त्री हुनुभएका रामबहादुर थापा ‘बादल’द्वारा शपथग्रहण

काठमाडौं, २०७८ बैशाक ५ गते आईतबार । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गृहमन्त्री रामबहादुर थापालाई आइतबार शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउनुभएकाे हाे ।

साे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे उपस्थिति रहेकाे थियाे । गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि उहाँ राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनुभएको थियो । संविधानको व्यवस्थाअनुसार उहाँलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गर्नुभएकाे हाे ।

चैत २७ गते नेकपा माओवादी केन्द्रले पठाएको बादललाई निस्कासन गरेको पत्रलाई आधार बनाउदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार (आज) पद रिक्त हुने निर्णय गर्नुभएको थियो । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वतः मुक्त हुनु भएको थियो ।

सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार उहाँ मन्त्री हुनु भएको हो । सांसद नरहे पनि बादल ६ महिनासम्म मन्त्री हुन पाउनु हुनेछ । गोरखापत्र अनलाईन

 

Facebook Comments