Fri. Apr 19th, 2024

इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं, २०७८ बैशाक ५ गते आईतबार । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा कोरोना भाईरस कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी विद्यालयहरु बन्द गरिएको छ । इनरुवा नगरपािलका कार्यालयले आइतबार सूचना जारी गरी नगर भित्रका विद्यालयहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्ने गरिएको हो ।

नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको नगरप्रमुख राजन मेहताले बताउनुभयो । मेहताले नगर भित्र रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना देखापरेको र समुदायमा समेत संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै बन्दको निर्णय गरिएको जानकारी दिनुभयो ।

यसैबीच, विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले नगर भित्र भिडभाड हुने कुनै पनि गतिविधि गर्न नपाइने भनेको छ । जारी सूचना अनुसार मेला, भेला, सभा, सम्मेलन जस्ता कार्य गर्न रोक लगाइएको छ ।

सुनसरी प्रशासनले भने जिल्लाभर लागू हुने गरी भिडभाड हुने कार्यमा रोक लगाइएको विषयको सूचना यस अघिनै प्रकाशित गरिसकेको छ । यहाँ सूचना र निर्णयको कार्यान्वयन भने फितलो रहेको छ । आइतबार सूचनाको बेवास्ता गर्दै निजी विद्यालयहरु निर्वाद रुपमा खुलेको छ । गोरखापत्र

Facebook Comments